२०८२ असार १२ बिहीबार

राशिफल

मन्त्रालय भागवण्डा आजभोलि नै टुंगिन्छ : अध्यक्ष दाहाल

NDC Khabar

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रालय भागवण्डा आजभोलि नै टुंगिने दाबी गरेका छन् ।

आज सहिद प्रतिष्ठान नेपालको १२औं वार्षिक उत्सवलाई सम्बोधन गर्दै प्रचण्डले मन्त्रीमण्डल आजभोलि नै टुंगिने बताएका हुन् ।

उनले भने, ‘अर्थ र उर्जामन्त्रालय लिइसकेका छौं । अरु मन्त्रालय आजभोलि नै टुंगिदैछ ।’ उनले जनयुद्ध र जनआन्दोलनका सहिदहरुलाई राष्ट्रिय सहिद घोषणा गर्ने गृहकार्य भइरहेको समेत जानकारी दिए ।