२०८२ जेठ २१ मङ्गलबार

राशिफल

ट्युनिसियाको प्रधानमन्त्री नाज्ला बउडेन

NDC Khabar

काठमाडौँ – राष्ट्रपति कैस सइदले महिला नेतृ नाज्ला बउडेनलाई ट्युनिसियाको प्रधानमन्त्री नियुक्त गरेका हुन् । ‘गणतन्त्र ट्युनिसियाका राष्ट्रपति कैस सइदले नाज्ला बउडेनलाई तत्कालै सरकार गठनका लागि आव्हान गरेका छन ।’ राष्ट्रपतिको कार्यलयले एक विज्ञप्तिमा भनेको छ ।

सइदले यही २५ जुलाइमा हिचेम मेचिचीको सरकार अपदस्थ गरी संसद बिघटन गरेका थिए । कोरोना महामारीले निम्त्याएको आर्थिक संकटबीच राष्ट्रपतिले तानाशाही कदम चालेका थिए । त्यसपछि उनले विभिन्न आदेश जारी गर्दै शासन सञ्चालन गरेका छन् ।