२०८२ जेठ २५ शनिवार

राशिफल

आज असोज १५ गते शुक्रवार तपाईको दिन कस्तो हुन्छ ? हेर्नुहोस् आजको राशिफल

मेष
यात्रामा मालसामान हराउन सक्छ । स्वास्थ्यमा खर्च बढ्नेछ । सानातिना समस्यामा अल्झनुपर्नेछ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ ।

मिथुन
धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । पारिवारिक जीवन र प्रणय सम्बन्ध पनि सकारात्मक नै देखिन्छ ।

सिंह
रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला । महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । लाभदायक यात्रा पनि होला ।

तुला
आज समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखिपूर्ण बोलीले काम बन्न सक्छ । भाग्यले विभिन्न अवसर जुराउनेछ ।

धनु
आज सहकर्मीबाट विरोध आउला । लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । नियमित खर्चसमेत बढ्ने योग छ ।

कुम्भ
भाग्यले विभिन्न अवसर जुराउनेछ । मनमा शान्ति छाउनेछ । कलासाहित्य तथा सङ्गीतमा रुचि बढ्नेछ । घरमा अतिथिको आगमन हुनेछ ।

बृष
महत्त्वपूर्ण कामको थालनी हुनेछ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । लाभदायक यात्रा पनि हुनेछ ।

कर्कट
आज शुभारम्भको चर्चा चल्नेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ । धार्मिक क्षेत्रमा रुचि बढ्नेछ । आँटेको काम पुरा हुन पनि सक्छ ।

कन्या
आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा मनग्ये धनलाभ हुनसक्छ ।

बृश्चिक
आज धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । घरमा अतिथिको आगमन हुनेछ । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ ।

मकर
ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा पनि हुनेछ ।

मीन
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् । वाहन र भूमिबाट लाभ पनि रहला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् ।
– ज्यो.प. नारायणप्रसाद दुलाल