काठमाडौँ – न्यादी हाइड्रोपावरले आजबाट धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गरेको छ ।
कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता १०० रूपैयाँअंकित मूल्यमा २२ करोड ५० लाख बराबरको २२ लाख ५० हजार कित्ता प्राथमिक सेयर निष्कासन गरेको हो ।
जसमध्ये ५ प्रतिशत अर्थात् एक लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ४५ हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्ट्याएको छ । बाँकी रहेको २० लाख ९२ हजार ५०० कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
तपाइँको प्रतिक्रीया