काठमाडौँ – पशुपतिका बाबालाई छुरा प्रहार गरी फरार रहेको अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार बिहान प्रहरीका अनुसार हेपाली हाईटवाट चितवनको जगतपुर घर भएका तारा बहादुर लामिछानेलाई पक्राउ गरेको हो । असोज ११ गते बिहान पौने ६ बजेतिर पशुपति स्थित विश्वरुपा जाने बाटो छेउको झाडीमा सन्तोष भन्ने बाबालाई उनले छुरा प्रहार गरी फरार भएको प्रहरीको भनाइ छ ।
अभियुक्तको साथबाट खुकुरी र झोला बरामद भएको प्रहरीको भनाइ छ । छुरा प्रहारबाट घाइते भएका सन्तोष बाबाको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । गाँजा मागेपछि सन्तोषले नदिएपछि अभियुक्तले छुरा प्रहार गरेको अनुसन्धानबाट खुलेको छ ।
तपाइँको प्रतिक्रीया