२०८२ असार १२ बिहीबार

राशिफल

चार पूर्वप्रधानन्यायाधीश विरुद्धको मुद्दामा दाबी नपुग्ने सर्वोच्चको फैसला

काठमाडौँ – चारजना पूर्वन्यायाधीशहरु कल्याण श्रेष्ठ, अनुपराज शर्मा, मीनबहादुर रायमाझी र सुशीला कार्कीविरुद्धको मुद्दामा सवोच्चले दाबी नपुग्ने फैसला गरेको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश सपना मल्ल प्रधानको संयुक्त इजलासले पूर्वप्रधानन्यायाधीशले अदालतलाई प्रभावित पार्न खोजेको भन्दै लगाएको अवहेलना मुद्दामा निवेदकको दाबी नपुग्ने फैसला गरेको हो ।

२०७७ साल पुस ५ मा तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पूर्वप्रधानन्यायाधीश मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले उक्त कदम असंवैधानिक भएको भन्दै विज्ञप्ति जारी गरेका थिए । त्यही विज्ञप्तिले अदालतमा विचाराधीन मुद्दालाई प्रभावित पारेको भन्दै अधिवक्ता लोचन भट्टराई र धनजीत बस्नेतले अपहेलना मुद्दा दायर गरेका थिए ।