२०८२ असार ११ बुधबार

राशिफल

जीप दुर्घटनामा एक जनाको मृत्यु ६ जना घाइते

काठमाडौँ – सप्तरीमा जीप दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार जितमहान भगवानको मूर्ति सेलाएर कोशी नदीबाट फर्किदैं गरेको स.१च १६६३ नम्बरको बोलेरो पूर्व पश्चिम राजमार्ग अन्तर्गत कंचनरुप नगरपालिका ११ मा दुर्घटना हुँदा अग्निसाइर कृष्णासावरण गाउँपालिका ६ बस्ने ५० बर्षीय नारायण मोचीको मृत्यु भएको हो ।

उक्त दुर्घटनामा सोही ठाउँका ४२ बर्षीय सन्तोष विक, २८ बर्षीय सुरेन्द्र ठाकुर, २४ बर्षीय सन्तोष साह, २० बर्षीय रामअबतार साह, १६ बर्षीय सुजन साह र ५० बर्षीय रामचन्द्र राम घाइते भएका छन् ।