२०८२ असार ११ बुधबार

राशिफल

२५ वर्षीया मनकुमारी शुक्रबारदेखि सम्पर्कविहीन

काठमाडौँ – सोताङ गाउँपालिका – १ हुलु स्थायी ठेगाना भएकी २५ वर्षीया मनकुमारी कार्की गत शुक्रबार ४:२५ बजेदेखि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अपराह्न ४:२२ बजे साथीलाई सन्देश पठाएको र ४:२५ बजेदेखि मोबाइल अफ भएको छ । उनी एनएमबी लघुवित्त वित्तीय संस्था कार्यरत थिइन ।

मासिक बैठक सञ्चालनका लागि माप्य दुधकोशी – ६ र ७ वाकुमा दुई कर्मचारीसँगै गएका भए पनि सोलाबनबाट हाकुला झर्ने क्रममा छुट्टिएपछिको अवस्था थाहा नभएको मनकुमारीका बुबा चित्रबहादुर कार्कीले बताए ।

अहिले प्रहरीचौकी वाकुको टोलीले त्यस क्षेत्रमा अनुसन्धानसहित खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ ।