२०८२ असार ११ बुधबार

राशिफल

भारतीय नम्बरको ट्रकको ठ्क्करबाट एक जनाको मृत्यु

काठमाडौँ – पूर्व–पश्चिम् राजमार्ग अन्तर्गत चन्द्रनिगाहपुरमा भारतीय नम्बरको ट्रकको ठ्क्करबाट एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार गएराती चन्द्रनिगाहपुरबाट जुडिवेला घर जानेक्रममा चाँदीपुल नजिकै दुर्घटनामा युपि ३५ एटी ४२७३ नम्बरको भारतीय नम्बर ट्रकले ना ३५ प १८९३ नम्वरको मोटरसाइकललाई ठक्कर दिँदा चन्द्रपुर नपा २ जुडिवेलाका सोनालाल चौधरीको मृत्यु भएको हो ।

मृतक चौधरी जनज्योती बहुमुखी क्याम्पसका पूर्व स्ववियु सहसचिव हुन् । ट्रक चालक नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।