२०८२ असार १२ बिहीबार

राशिफल

एमालेको विधान महाधिवेशनको दोस्रो दिन : विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल सकियो

Bidan

काठमाडौँ – नेकपा एमालेको विधान महाधिवेशन अन्तर्गत दोस्रो दिन विभिन्न प्रतिवेदनमाथि समूहगत छलफल सकिएको छ ।

महाधिवेशनमा प्रस्तुत राजनीतिक प्रतिवेदन, सांगठनिक प्रतिवेदन र विधान संशोधन प्रस्तावमाथिको छलफल सकिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए । उनका अनुसार छलफलमा आएका सुझावहरुलाई केही बेरमा टोली नेताले प्रस्तुत गनुहुनेछ । दस्तावेजहरुमाथि माथि छलफल गर्न हिजै १० वटा समूह गठन भएका थिए । एमालेले ६ हजार भन्दा धेरै प्रतिनिधिलाई सहभागि छन् । १० वटा समूहलाई सहजीकरण गर्न २० जना नेतालाई जिम्मेवारी दिइएको छ ।

पहिलो दिन शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलले सांगठनिक प्रतिवेदन र उपमहासचिव विष्णु पौडेलले विधान संशोधन प्रस्ताव प्रस्तुत गरेका थिए ।
समूहको निष्कर्षपछि आइतबार महाधिवेशन सकिने छ ।