२०८२ असार ११ बुधबार

राशिफल

थप ८ सय ६७ जनामा कोरोना पुष्टि, ९ जनाको मृत्यु

काठमाडौँ – थप ८ सय ६७ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ९६ हजार ६ सय १८ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या २७ हजार ६ सय ४२ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार १ सय २३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ६७ हजार ८ सय १९ जना रहेको छ । आज ९ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार १ सय ५७ जना पुगेको छ ।