२०८२ असार ११ बुधबार

राशिफल

थप ६ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि, ७ जनाको मृत्यु

काठमाडौँ – आइतबार थप ६ सय ७९ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ९७ हजार १ सय ९२ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय ४ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार ४ सय ५ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ६९ हजार २ सय २४ जना रहेको छ । आज ७ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार १ सय ६४ जना पुगेको छ ।