२०८२ असार ११ बुधबार

राशिफल

कस्तुरीको विनासहित एक जना पक्राउ

काठमाडौँ – कस्तुरीको विनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

त्रिशुलीबाट काठमाडौंतर्फ आउँदै गरेको प्रदेश ३–०१–००६ ख ५९९ नम्बरको बसलाई नागढुंगा चेकप्वाइन्टमा चेकजाँच गर्ने क्रममा नुवाकोट किसपाङ गाउँपालिका–८ का ५१ वर्षीय सार्की घलेलाई १९ ग्राम तौलको विनासहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका घलेलाई आवश्यक अनुसन्धानका लागि श्री डिभिजन वन कार्यालय हात्तीसार पठाइएको छ प्रहरीले जनाएको छ ।