२०८२ असार ११ बुधबार

राशिफल

गृह मन्त्रालयले गर्यो १० जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा

काठमाडौँ – गृह मन्त्रालयले १० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ ।

गृह मन्त्रालयका अनुसार शुक्रवार प्रजिअहरुको काज सरुवाको निर्णय गरिएको हो । जिल्ला प्रशासन कार्यालय कास्कीमा सहसचिव जयनारायण आचार्यलाई सरुवा गरिएको छ । आचार्यले नेपाल–चीन सीमा विवादबारे अध्ययन समितिका संयोजक थिए । आचार्य नेतृत्वको समितिले नेपाल–चीन सीमा विवादबारे असोज १० प्रतिवेदन बुझाएको थियो ।

भोजपुरको सिडिओमा मन्त्रालयका सहसचिव कमलराज ढकाललाई पठाइएको छ । लमजुङमा सुशील वैद्य, डोटीमा शंकरबहादुर विष्ट, मुगुमा रोमबहादुर महत, मनाङमा रविन्द्र आचार्य, डडेलधुरामा मोहनराज जोशी र म्याग्दीमा चिरञ्जिवी रानालाई सरुवा गरिएको छ । नमराज जैसीलाई रसुवा र अनोज घिमिरेलाई तेह्रथुमको प्रजिअको जिम्मेवारी दिइएको छ