काठमाडौँ – नेकपा एमालेले १५ मध्ये तीन आयोगलाई शक्तिशाली बनाएको छ ।
तीन दिनदेखि गोदावरीमा जारी विधान महाधिवेशनले तीनवटा आयोगलाई शक्तिशाली बनाएको हो ।
अनुशासन आयोग, लेखा आयोग र निर्वाचन आयोग अब सोझै महाधिवेशनप्रति मात्र उत्तरदायी हुनेछन् । यी आयोग केन्द्रमा मात्र रहनेछन् । यी आयोगलाई शक्तिशाली बनाउनका लागि महाधिवेशनप्रति उत्तरदायी रहने बनाइएको उपमहासचिव विष्णु पौडेलले जानकारी दिए ।
उनका अनुसार एमालेले लेखा परीक्षण आयोगको नाम संशोधन गर्दै लेखा आयोग बनाइएको छ ।
तपाइँको प्रतिक्रीया