काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष तीन वटा संवैधानिक आयोगले आ – आफ्नो वार्षिक प्रतिवेदन बुझाएका छन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा थारु आयोग, राष्ट्रिय समावेशी आयोग र महिला आयोगका अध्यक्षहरुले आ – आफ्ना आयोगका वार्षिक प्रतिवेदनहरु बुजाएका हुन् ।
राष्ट्रपति कार्यालयमा थारु आयोगका अध्यक्ष विष्ण चौधरी, राष्ट्रिय समावेशी आयोगका अध्यक्ष डा। रामकृष्ण तिमिल्सिना र महिला आयोगकी अध्यक्ष कमला पराजुलीले छुट्टाछुट्टै रुपमा राष्ट्रपति समक्ष वार्षिक प्रतिवेदनहरु बुझाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
तपाइँको प्रतिक्रीया