२०८२ असार १२ बिहीबार

राशिफल

एमालेमा एक वरिष्ठसहित पाँच उपाध्यक्ष रहने गरी विधान पारित

काठमाडौँ – नेकपा (एमाले) मा एक वरिष्ठसहित पाँच उपाध्यक्ष रहने गरी विधान पारित भएको छ ।

गोदावरीमा जारी विधान महाधिवेशनमा उपमहासचिव विष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्तावमा उपमहासचिव पद राखिएको थिएन ।

यसअघि, चार उपाध्यक्ष रहेकामा अब एक वरिष्ठ उपाध्यक्षसमेत थपेर पाँच उपाध्यक्ष रहने व्यवस्था गरिएको हो । समूहगत छलफलपछि जवाफ दिनेक्रममा पौडेलले वरिष्ठ उपाध्यक्ष र उपमहासचिव दुबै पद रहने बताए ।

अब एमालेमा पदाधिकारी संख्या १५ हुनेछ । अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच उपाध्यक्ष, महासचिव, उपमहासचिव र ७ सचिव रहने उनले बताए ।