२०८२ असार ११ बुधबार

राशिफल

मोटरसाइकल दुर्घटनामा एकको ज्यान गयो

काठमाडौँ – मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

प्रहरीका अनुसार मध्यपुर थिमि नगरपालिका – ३ कौशलटारमा गएराति ना३२प ६६७३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक पर्साको हरिनाथगंजका ३० वर्षीय लोकनाथ ठाकुरको इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

अनियन्त्रित भई मोटरसाइकल रेलिङमा ठोक्किएर दुर्घटना हुदा मोटरसाइकलको पछाडि बसेका वीरगञ्जका सियाराम सिंह गम्भीर घाइते भएका छन् । उनी नेपाल प्रहरीमा कार्यरत छन् । उनको नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।