२०८२ असार ११ बुधबार

राशिफल

मंगलबार थप ९ सय ६८ जनामा कोरोना पुष्टि, ६ जनाको मृत्यु

काठमाडौँ – थप ९ सय ६८ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ७ लाख ९८ हजार ७ सय ६६ जना पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १६ हजार २ सय ४८ जना रहेका छन ।

मन्त्रालयका अनुसार आज १ हजार १ सय १४ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ७१ हजार ३ सय ३८ जना रहेको छ । आज ६ जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार १ सय ८० जना पुगेको छ ।