२०८२ असार १२ बिहीबार

राशिफल

बिहीबार कांग्रेसको एक टोली भारत जाने

काठमाडौँ – भारतीय जनता पार्टी (बिजेपी)को निमन्त्रणमा सत्तारुढ नेपाली कांग्रेसको एक टोली बिहीबार भारत जाने भएको छ ।

पार्टीका सहमहामन्त्री डा. प्रकाशरण महतको नेतृत्वमा जान लागेको टोलीमा कांग्रेस नेता उदय शमशेर राणा र अजय चौरासिया रहेका छन् । नेता राणाले भाजपाको निम्तोमा जान लागेको र भ्रमण दुई पार्टीबिचको सम्बन्ध विस्तारमा केन्द्रित रहने बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाको पनि मन्त्रिपरिषद् विस्तारसँगै भारत भ्रमणको मितिसमेत तय हुने स्रोतले जनाएको छ । भारतले मन्त्रिपरिषद् विस्तार भइसकेपछि मात्र देउवालाई औपचारिक भ्रमणको निम्तो पठाउने संकेत यस अगाडि नै दिइसकेको छ ।