२०८२ असार १२ बिहीबार

राशिफल

पानी तान्नेक्रममा करेन्ट लागेर एक व्यक्तिको ज्यान गयो

काठमाडौँ – करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।

बुधबार बिहान बारीमा जडान गरिएको पानी तान्ने मोटरमा लगाईएको तारबाट करेन्ट लागेर बारा महागढीमाई नगरपालिका (८ ब्रम्हपुरी बस्ने अन्दाजी ४५ – ५० बर्षीय रामेश्वर महतोको मृत्यु भएको हो ।

करेन्ट लागेर घटनास्थलमा मृत्यु भएको खबर पाएपछि प्रहरी टोली पुगेको थियो । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।