काठमाडौँ – काईनेटिक ढुङ्गाको कारोबार गर्ने दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–१२ नारायण टोलबाट जुनीचाँदे गाउँपालिका–७ स्थायी ठेगाना भएका हाल वीरेन्द्रनगर–१२ नेवारे बस्ने ३२ वर्षीय रामकृष्ण घर्ती र वीरेन्द्रनगर–१२ नारायण टोलका जयधनी बस्नेत रहेका छन् ।
सुर्खेत प्रहरीले गोप्य सूचनाका आधारमा बुधबार बेलुकी जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बीनाअनुमति लुकाई राखेको अवस्थामा १९ किलो ४० ग्राम काईनेटिक ढुङ्गा बरामद गरिएको छ । त्यी ढुङ्गाको बजार मुल्य झण्डै दुई लाख रहेको छ ।
तपाइँको प्रतिक्रीया