२०८२ असार १२ बिहीबार

राशिफल

स्कुटरलाई ट्रकले ठक्कर दिँदा दुई जनाको ज्यान गयो

काठमाडौँ – सवारी दुर्घटना हुदा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार बुधबार राति र्वबाट पश्चिमतर्फ जाँदै गरेको को२०प ६७४७ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आउँदै गरेको ना६ख ५६८१ नम्बरको ट्रकले ठक्कर दिँदा इनरुवा – २ का २५ वर्षीय सुशान्त भट्टराई र सङ्खुवासभा चिचिला – २ का २० वर्षीय विभिषण विकको मृत्यु भएको हो ।

ट्रकले ठक्करबाट घाइते दुवै जनालाई उपचारका लागि कोशी अस्पताल विराटनगर लैजाने क्रममा बाटामै मृत्यु भएको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि कोशी अस्पताल विराटनगरमा राखिएको छ । ट्रक र चालक मकवानपुर हेटौँडा उपमहानगरपालिका(९ का ३१ वर्षीय अर्जुन गिरी नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।