२०८२ असार १२ बिहीबार

राशिफल

थप ८०५ जना कोरोना पुष्टि, ८ जनाको मृत्यु

काठमाडौँ – पछिल्लो २४ घण्टामा ८०५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,६७२ वटा पीसीआर र एन्टीजेन परीक्षण गर्दा ती संक्रमित थपिएका छन् ।

सोही अवधिमा ९११ जना संक्रमणमुक्त भएका छन् भने ८ जनाको मृत्यु भएको छ ।

गत २४ घण्टामा ५७ हजार १५८ जनाले कोरोनाभाइरसविरुद्धको खोप लगाएका छन् । हालसम्म मुलुकमा १५ हजार ९४२ जना सक्रिय संक्रमित छन् ।