२०८२ असार १२ बिहीबार

राशिफल

दशैँ तिहारलाई लक्षित गर्दै जनकपुरमा खुल्यो ‘सस्तो बजार’

Online News
?????????????????????????????????????????????????????????

काठमाडौँ – बिहीवारबाट जनकपुरको गोपाल धर्मशालामा ‘सस्तो बजार’ सञ्चालनमा आएको छ ।

बिहीवार एक समारोहबीच प्रदेश प्रमुख हरिशंकर मिश्रले सस्तो बजारको उद्घाटन गरेका हुन् । जनकपुरधाम उद्योग बाणिज्य संघको आयोजनामा सञ्चालनमा आएको सस्तो बजार छठसम्म सञ्चालनमा रहनेछ ।

दशैं, दिपावली र छठलाई लक्षित गर्दै विगतका वर्षहरु जस्तै सर्वसधारण जनताले सस्तोमा दैनिक जीवनमा प्रयोग हुने समानहरु खरिद गर्न सकियोस् भन्ने उदेश्यले विगत ४० वर्षदेखि गोपाल धर्मशालामा सस्तो बजार लाग्ने गरेको उद्योग बाणिज्य संघका अध्यक्ष जीतेन्द्र महासेठले जानकारी दिए ।