काठमाडौँ – भक्तपुरको चाँगुनारायणबाट १६ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार गएराति चाँगुनारायण नगरपालिका–४ खोरियागाउँस्थित ईश्वर तामाङको पुल हाउसबाट तास खेल्नेहरुलाई पक्राउ गरिएको हो ।
जुवा खालबाट प्रहरीले ४१ हजार नगदसहित पुल हाउसका संचालक ईश्वर तामाङ, चाँगुनारायण नगरपालिका बस्ने विष्णु बहादुर तामाङ, अजय पुडासैनी, तिलक तामाङ, सुजन तामाङ र सुमित तामाङ सहित १६ जनालाई पक्राउ गरेको हो ।
आरोपीहरुले मनोरञ्जन गर्ने उद्देश्यले जुवा खेलेपनि मध्यरातमा होहल्ला गरेर अरुलाई डिस्टर्ब गरेको हुनाले प्रहरीले मुद्दा चलाउने निर्णय गरेको छ ।
तपाइँको प्रतिक्रीया