२०८२ असार १५ आइतबार

राशिफल

प्रदेश २ मा प्रदेशसभाबाट पारित दुईवटा विधेयक पुनः पारित

काठमाडौँ – प्रदेश २ मा प्रदेशसभाबाट पारित दुईवटा विधेयक पुनः पारित भएको छ ।

पारित भइसकेको विधेयक प्रमाणीकरणका लागि प्रदेश प्रमुख समक्ष जाँदा फिर्ता पठाइएको थियो । तत्कालीन प्रदेश प्रमुख डा। राजेश झा ‘अहिराज’ले फिर्ता गरेको स्वास्थ्य सेवा सम्बन्ध मा व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण नगरी फिर्ता गरिदिएका थिए ।

फिर्ता गरिदिएको विधेयक शुक्रबार बसेको प्रदेशसभाको बैठकले पुनः पारित गरेको छ । दुवै विधेयक सर्वसम्मतले पारित भएको हो । यसअघि यो विधेयक २६ असोज २०७७ मा पारित भएको थियो ।