काठमाडौँ – शुक्रबार थप ७ सय ६४ जनामा कोरोना संक्रमण भएसंगै नेपालमा संक्रमितको संख्या ८ लाख ९ सय ९७ जना पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आजसम्म सक्रिय संक्रमितको संख्या १५ हजार ६ सय १४ जना रहेका छन ।
मन्त्रालयका अनुसार आज १ हजार ३३ जना डिस्चार्ज भएसगै आजसम्म घर फर्किनेको संख्या ७ लाख ७४ हजार १ सय ७३ जना रहेको छ । आज १० जनाको मृत्यु भएसगै मृत्यु हुनेको संख्या ११ हजार २ सय १० जना पुगेको छ ।
तपाइँको प्रतिक्रीया