काठमाडौँ – दुईजना छोराको हत्यापछि धनुषामा आमाले पनि आत्महत्या गरेकी छन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार नगराइन नगरपालिका – ४ की २४ वर्षीया गुडियादेवी साहले हिजो बेलुका छोराहरू पाँच वर्षीय अभिषेक र तीन वर्षीय आदित्यलाई डोरीले घाँटीमा कसेर हत्या गरेको हो ।
दुवै छोराको हत्यापछि गुडियाले पनि घरमै आत्महत्या गरेको प्रहरीले जनाएको छ । घटना भएको बेला गुडियाका श्रीमान गुरुदेव कामको सिलसिलामा बाहिर थिए सासु र ससुरा पनि घर बाहिर नै रहेका थिए । घरमा कोही नभएको बेला चर्को स्वरमा स्पिकर बजाएर गुडियाले छोराको हत्या गरेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
१० वर्ष अगाडि गुडिया र गुरुदेवले भागेर प्रेम विवाह गर्नुभएको थियो । तर गुडियाका आमाबुवाले विवाह स्वीकार गरेका थिएनन् । तीनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले अज्नाएको छ ।
तपाइँको प्रतिक्रीया