नेपाल भ्यालुयर्स एसोसिएशनको सुदुरपश्चिम प्रादेशिक कार्यालयल स्थापना गरिएको छ । नेपाल भ्यालुयर्स एसोसिएशन सुदूरपश्चिम प्रदेशको प्रादेशिक कार्यालय धनगढी २, कैलालीमा उद्घाटन भएको छ ।
शुक्रबार विजया दशमी तथा शुभ दिपावलीको शुभकामना आदान प्रदानका साथै कार्यालय उद्घाटनको कार्यक्रम रहेको थियो ।
नेपाल भ्यालुयर्स एसोसिएशन केन्द्रिय अध्यक्ष ई.ऋषि कोइराला र सुदूरपश्चिम प्रदेशका अध्यक्ष ई.भाष्कर चतौटले संयुक्त रुपमा कार्यक्रमको उद्घाटन गरेका थिए।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका अध्यक्ष भाष्कर चतौटको सभापतित्वमा भएको थियो ।
प्रमुख अतिथीका नेपाल राष्ट बैंक सुदूरपश्चिमका प्रमुख शुसिल ज्ञवाली र विशिष्ट अतिथी नेपाल भ्यालुयर्स एसोसिएशनका केन्द्रीय सदस्य तथा पुर्ब उपाध्यक्ष्य ई. संजय महतो ,नेपाल बैंकर्स एसोसिएशन सुदूरपश्चिमका विरुराम जैसी र नेपाल एन्जिनीयर एसोसिएशनका सुदुरपश्चिमकार्यकारिणी समितिका अध्यक्ष लव प्रसाद जजोशी रहेका थिए ।
सम्पत्ती मुल्याकंन क्षेत्रमा रहेको समस्या चुनौती र समाधानको विषयमा कार्यक्रममा छलफल भएको थियो साथै आगामी दिनमा यस क्षेत्रमा रहेका समस्यालाई नेपाल भ्यालुयर्स एसोसिएशन सुदूरपश्चिमले साझा रुपमा समाधान गर्ने प्रतिबद्दता जनाएको छ ।
कार्यक्रममा मुल्यांकनकर्ता इन्जिनियर, बैंकका प्रादेशिक कार्यलय प्रमुख र शाखा प्रबन्धकहरुको उपस्थिती रहेको थियो ।
तपाइँको प्रतिक्रीया