२०८२ असार १२ बिहीबार

राशिफल

करेन्ट लागेर एक जनाको मृत्यु

काठमाडौँ – करेन्ट लागेर रौतहटमा एक जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार फतुवा विजयपुर–७ का रामेश्वर यादवकी १४ वर्षीय छोरी रुवीकुमारीको शनिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।

घाँस लिन गएकी रुवीकुमारीलाई क्रसर उद्योगभित्रको धारामा पानी खान जाँदा करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ ।

धारामा जोडिएको मोटरबाट विद्युत प्रवाह भएर घटना भएको प्रहरीले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाइएको र उक्त घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।