काठमाडौँ – नेपाली कांग्रेस नेता प्रकाशमान सिंहले तोकिएको समयमा १४औं महाधिवेशन सम्पन्न गरेर तत्कालै चुनावमा जानुपर्ने बताउनु भएको छ ।
कांग्रेस काठमाडौं महानगरपालिका २२ नम्बर वडाद्वारा आयोजित कार्यक्रममा बोल्दै सिंहले विगतका कमीकमजोरीबाट पाठ सिकेर सरकार अघि बढ्न नचाहेको, संसद प्रभावकारी बनेर चल्न् नसकेको र संसदीय मूल्य मान्यता अनुरुप संसदले काम गर्न नपाएको भन्दै फ्रेस इलेक्सनमा जानुपर्ने बताउनु भयो ।
प्रधानमन्त्री देउवाले यथार्थ नबुझेर म अब जे पनि गर्न सक्छु भनेर लोकतन्त्रको मूल्य मान्यताविपरीत संविधानको गलत ब्याख्या गरेर न्यायपालिका सरकार गठनमा जोडिएको कुरा लोकत्नत्रका लागि गम्भीर चुनौती भएको उहाँको भनाई छ । सिंहले गत चुनाव अगाडि आईजीपी प्रकरण र प्रधानन्यायाधीशमाथि महाअभियोगले जनतामा कस्तो प्रभाव पार्यो भन्ने कुरा नबिर्सिनसमेत आग्रह गर्नुभयो । देउवा सरकारले यतिका दिन लगाएर पूर्णता पाएपछि उठेका गम्भीर प्रश्नलाई ख्याल ख्याल सोच्न नहुनेसमेत सिंहले बताउनु भयो ।
तपाइँको प्रतिक्रीया