काठमाडौँ – नवरात्र सुरु भएसँगै पाथीभरा मन्दिरमा पूजा गर्ने भिड लागेको छ। पूजापाठ गर्ने राम्रो साइत भएकाले नवरात्रको समयसम्म पाथीभरा मन्दिरमा पूजापाठ गर्नेको भिड लाग्ने गरेको हो।
सोमबार दुई हजारभन्दा बढी तीर्थयात्रीले पाथीभरामा पूजापाठ गर्दै गरेको पाथीभरा क्षेत्र विकास समितिका कार्याकारी निर्देशक मनमणि काफ्लेले जनाकारी दिए। नेपालका दार्जुलादेखि भारतको दार्जिलिङ र सिक्किमसम्मका तीर्थयात्रीले आज पाथीभरा मन्दिरमा पुगेर पूजापाठ गर्दै गरेको उनको भनाइ छ।
नवरात्रको पहिलो दिनदेखि नौ दिनसमम्म अर्थात् टीकाको अघिल्लो दिनसम्म पाथीभरा मन्दर क्षेत्रमा तीर्थयात्रीको भिड लाग्ने पाथीभरा क्षेत्र विकास समितिले जनाएको छ। गत बुधबारदेखि आइतबारसम्मा १० हजारभन्दा बढीले पाथीभरा मन्दिर क्षेत्रमा पुगेर पूजापाठ गरेका छन् । बुधबार दुई सय ५० तीर्थयात्री पाथीभरा मन्दिर पुगेको माथिलो फेदी प्रहरी चौकीले जनाएको छ।
बिहीबार आठ यस २५ जना, शुक्रबार एक हजार ६ सय ५५, शनिबार ६ हजार २५ र आइतबार ११ सय ९५ तीर्थयात्री पाथीभरा मन्दिर क्षेत्रमा पुगेर पूजापाठ गरेको माथिल्लो फेदी प्रहरी चौकीका प्रहरी इन्चार्ज लोकबहादुर थापाले बताए।
तपाइँको प्रतिक्रीया