२०८२ असार १२ बिहीबार

राशिफल

घान्द्रुकमा जीप दुर्घटना, चालकसहित ८ जनाको ज्यान गयो

काठमाडौँ – कास्कीको घान्द्रुकमा सोमबार जीप दुर्घटना हुँदा चालकसहित ८ जनाले ज्यान गुमाएका छन् ।

प्रहरीका अनुसार दिउँसो २ बजे पोखराबाट घान्द्रुकतर्फ गएको ग १ ज ६९०० नम्बरको बोलेरो जीपमा चालकसहित ९ जना सवार थिए ।

९ जनामध्ये एक जनाको भीरमा अड्किएर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । अहिले प्रहरी र स्थानीयबासी मिलेर उद्धार कार्य भइरहेको बताइएको छ।

कास्की प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सुवास हमालका अनुसार मृतकको सनाखत गर्ने तयारी भइरहेको छ ।