काठमाडौँ – सोमबार थप ७८५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ८८८ जना निको भएर घर फर्केका छन्।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार २३३ पीसीआर परीक्षण गर्दा ६६३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ९६२ परीक्षण गर्दा १२२ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा १२ जनाको कोरोनाका कारण ज्यान गएको छ । मन्त्रालयका अनुसार सोमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार २४३ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ७८७ जना रहेको छ ।
तपाइँको प्रतिक्रीया