२०८२ असार १६ सोमबार

राशिफल

उद्योग, वाणिज्य मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै वहन गर्ने

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै वहन गर्ने भएका छन् ।

मन्त्री गजेन्द्र हमालले दिएको राजीनामा स्वीकृत गरेका प्रधानमन्त्री देउवाले तत्कालका लागि सो मन्त्रालय आफैंसँग राखेका हुन् ।

प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७७ को उपधारा २ को खण्ड क बमोजिम हमालले राजीनामा दिएकाले सो मन्त्रालय प्रधानमन्त्री देउवाले नै सम्हाल्ने गरी तोकेकी छिन् ।