२०८२ असार १२ बिहीबार

राशिफल

दशैँमा मासु कम दिएको भन्दै बाबुले गरे छोराको हत्या

काठमाडौँ – सल्यानमा बाबुले छोराको हत्या गरेका छन् ।

बन्गाड कुपिण्डे नगरपालिका १० माझकाँडाका वर्ष ५५ का नीमबहादुर कवरले धाँरिलो हतियार (खुर्पा) प्रयोग गरी वर्ष ३३ का छोरा रुपलाल कवरको हत्या गरेका हुन् ।

मंगलबार दिउँसो बाबुछोराबीच मासुको विषयमा सामान्य विवाद भएको र राति करिब १० बजे नीमबहादुरले घरमै छोराको हत्या गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

मंगलबार दिउँसो राँगा काटेका बेला बाबु नीमबहादुरले आफूलाई कम मासु दिएको भन्दै रुपलालले झगडा गरेका थिए । राती रुपलाल मदिरा सेवन गरी बाबुको घरमा जाँदा धारिलो हतियार प्रयोग गरी हत्या भएको प्रहरीले जनाएको छ । अभियुक्त नीमबहादुरलाई प्रहरीले नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको छ ।