२०८२ असार १६ सोमबार

राशिफल

दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई क्षतिपूर्ति र निःशुल्क उपचारका लागि सरकारसँग प्रचण्डको आग्रह

काठमाडौँ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बस दुर्घटनामा परी ज्यान गुमाउनेका परिवारलाई उचित क्षतिपूर्ति र घाइतेहरूको निःशुल्क स्वास्थ्योपचारका लागि सरकारसँग विशेष आग्रह गरेका छन् ।

मंगलबार मुगुमा भएको बस दुर्घटना र त्यसमा ३२ यात्रुको मृत्युको खबरले सबैलाई स्तब्ध बनाएको उनले उल्लेख गरेका छन् । कास्की, अछामलगायत देशका विभिन्न भागहरूमा भएका सडक दुर्घटनाका खबरले थप मर्माहत बनाएको उनले बताएका छन् ।

बुधबार एक सन्देश जारी गर्दै उनले भनेका छन्, “यस प्रकारका घटना न्यूनीकरण गर्न सम्बन्धित स्थानीय निकाय, प्रदेश र सिंगो राज्यलाई विशेष ध्यान पुर्यादउन आग्रह गर्दछु । सम्पूर्ण दिवंगत नागरिकहरूमा श्रद्धाञ्जली अर्पण गर्दै चाडपर्वका दिनमा परिवार तथा आफन्तजनमा परेको यसप्रकारको विपद्प्रति दुःख व्यक्त गर्दछु ।”