काठमाडौँ – यो वर्षको दसैंमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले टिका नलगाउने भएका छन् । उनको भाईको निधनको कारणले ओलीले यो वर्षको दसैं नमनाउने भएको उनको सचिवालयले जनाएको छ ।
तर, पार्टीका नेता तथा कार्यकर्ताहरुसँग भने उनले शुभकामना आदानप्रदान गरिरहेका छन् । पार्टीले आयोजना गरेका दसैंलक्षित शुभकामना कार्यक्रममा भने उनी सरिक भएका छन् । अध्यक्ष ओली दसैं नमनाए पनि नवमीको दिन भोलि (बिहीबार) भने आफ्नो गृहजिल्ला झापा जाने कार्यक्रम रहेको छ ।
तपाइँको प्रतिक्रीया