काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले यो वर्षको दसैं काठमाडौंमा नै मनाउने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा उनले दसैं मनाउने भएका छन् । उनले दसैंमा सबै सर्वसाधारणलाई टीका लगाउने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
दसैंको अवसरमा विभिन्न भेटवार्तासमेत भैरहेको छ । अहिले प्रधानमन्त्रीको सरकारी निवासमा दसैँको शुभकामना आदानप्रदानसमेत चलिरहेको छ । नेता तथा कार्यकर्ताहरुको बालुवाटारमा बाक्लो उपस्थिति हुने गरेको छ ।
तपाइँको प्रतिक्रीया