२०८२ जेठ २१ मङ्गलबार

राशिफल

साफ च्याम्पियनसीपको फाइनलमा नेपाल र भारत भिड़ने

काठमाडौँ – साफ च्याम्पियनसीपको फाइनलमा नेपाल र भारत भिड़ने भएको छ । भारतले माल्दिभ्सलाई हराउँदै प्रतियोगिताको फाइनलमा स्थान पक्का गरेको हो । कप्तान सुनिल क्षेत्रीको दुई गोलको मद्दतले बुधबार भएको खेलमा भारत ३–१ गोलले विजयी बन्यो ।

फाइनलमा प्रवेश गर्नका लागि जित्नै पर्ने दबाबमा रहेको भारतलाई खेलको ३३ औँ मिनेटमा मनवीर सिंहले अग्रता दिलाए । तर पहिलो हाफको अन्त्यतिर पेनाल्टीमार्फत अलि अस्फाकले खेल बराबरी गरे । खेल बराबरीमा सकिएको भए माल्दिभ्स सोझै फाइनलमा पुग्ने स्थिति थियो । तर, दोस्रो हाफमा कप्तान क्षेत्रीले दुई गोल गर्दै भारतलाई जीत दिलाए ।

नेपाल साफ च्याम्पियनसीपको फाइनलमा पुगेको यो पहिलो अवसर हो ।