२०८२ असार १६ सोमबार

राशिफल

साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली टोलीलाई प्रधानमन्त्रीको बधाई

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले साफ च्याम्पियनसिपको फाइनलमा पुगेको नेपाली फुटबल टोलीलाई हार्दिक बधाई तथा शुभकामना दिएका छन् ।

प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत् नेपाली टोलीलाई बधाई तथा फाइनल खेलका लागि शुभकामना दिएका हुन् ।

उनले लेखेका छन्,’ साफ फुटबल प्रतियोगिताको फाइनल प्रतिस्पर्धामा पुगेको नेपाली फुटबल टोलीका सम्पूर्ण खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई बधाई तथा आगामी खेलको लागि शुभेच्छासहित प्रोत्साहन दिन चाहन्छु’।