काठमाडौँ – हरेक वर्षको अक्टोबरको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवस मनाउने गरिन्छ । त्यस्तै आज पनि नेपालमा विभिन्न सचेतनात्मक कार्यक्रम गरी मनाइँदै छ ।
विश्वमा झण्डै ३ करोड ६० हजार मानिस दृष्टिविहीन छन् भने झण्डै २ अर्ब ४६ करोड मानिस कम दृष्टि या गहिरो प्रकृतीको दृष्टिजन्य समस्याबाट प्रभावित छन् ।
कुल दृष्टिविहीनहरुमध्ये झण्डै ९० प्रतिशत दृष्टिविहीनहरु विकासशील तथा अल्पविकसित देशका रहेका विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ ।
सङ्गठनका अनुसार ८० प्रतिशत दृष्टिदोषलाई उपचारबाट निको पार्न सकिन्छ । तर, उपचारको सहज पहुँच नहुँदा र आर्थिक समस्याका कारण गरिब तथा विपन्न परिवारका सदस्यले दृष्टि गुमाउनु परेको छ ।
तपाइँको प्रतिक्रीया