काठमाडौँ – जीप दुर्घटना हुँदा तीन जनाको निधन भएको छ । बुटवलबाट तम्घास जादैँ गरेको लु १ ज ४४९० नम्बरको जिप दुर्घटना भएको हो । दुर्घटनामा परी ६ जना घाइते भएका छन।
बिहीबार राति ११ बजेतिर रेसुङ्गा नगरपालिकाको छहरा भन्ने स्थानमा जिप दुर्घटनामा परेको प्रहरीले जनाएको छ । जीप सडकबाट ५ सय मिटर तल खसेको थियो । मृत्यु हुनेमा गुल्मी मुसिकोट ७० वर्षका क्षेत्रबहादुर थापा, ४६ वर्षीया राधिका थापा र १० वर्षकी संगिता सुनार रहेको प्रहरीले पुष्टि गरेको छ।
तपाइँको प्रतिक्रीया