काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले सबै नेपालीको मुहारमा खुशीको कामना गरेका छन् । आज विजयी दशमीको अवसरमा भिडियो सन्देशमार्फत् उनले बडा दशैंले सबै नेपालीमा खुशीको कामना गरेका हुन् ।
बडा दशैंले सबै नेपालीको मुहारमा खुशी ल्याउन सकोस्, प्रधानमन्त्री देउवाले सन्देशमा भने, ‘बडा दशैं आपसी भाइचारा, सदभाव र मित्रवद सम्बन्ध विकास गर्ने अवसर हो ।’
नेपाल बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधताले भरिपूर्ण मुलुक भएको उल्लेख गर्दै बडा दशैं, दिपावली र छठ जस्ता पर्वले भावनात्मक सम्बन्ध प्रगाढ बनाउन योगदान दिएको बताए । उनले भने, ‘सबै जाति, भाषा, संस्कृति र सभ्यताको संरक्षण र विकास र सम्वद्र्धन गर्नु दायित्व हो ।’
तपाइँको प्रतिक्रीया