२०८२ असार १२ बिहीबार

राशिफल

आज दशैँको टीकाको तेस्रो दिन मान्यजनका हातबाट टीका र जमरा लगाइँदै

काठमाडौँ – आज पनि मान्यजनका हातबाट दशैँको टीका र जमरा लगाइँदैछ ।

नवदुर्गाको प्रसादका रुपमा रातो टीका र समृद्धिको प्रतिकका रुपमा पहेँलो जमरा लगाएर आशिष लिने दिने परम्परा अनुसार कोजाग्रत पूर्णिमासम्म टीका लगाउने गरिन्छ ।

विजयादशमीमा टीका लगाउन नभ्याएका तथा टाढा रहेका आफन्त तथा मान्यजन कहाँ आज तेस्रो दिन पनि टीका लगाइँदैछ । बडादशैँमा यसवर्ष कोरोना सङक्रमण जोखिम कायमै रहे पनि गत वर्षभन्दा चहलपहल बढेको छ ।