काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को कार्यकाल ६ महिना थप गरिएको छ ।
संघको शनिबार सम्पन्न बैठकले विधानको धारा १३ को उपधारा २ बमोजिम वर्तमान कार्यसमितिको कार्यकाल ६ महिना थप्ने निर्णय गरेको हो ।
कुमार पन्तको अध्यक्षतामा बसेको भरर्चुअल बैठकले संघको १० औं महाधिवेशन तथा निर्वाचन आगामी ३० नोभेम्बरभित्र गर्ने निर्णय गरेको छ ।
बैठकले महाधिवेशन प्रतिनिधिहरुका विषयमा आएका गुनासा सम्बोधन गर्न संघका पूर्वअध्यक्षहरुसँगको परामर्शमा एक स्वतन्त्र समिति गठन गर्ने निर्णय गरेको छ । बैठकमा केन्द्रीय पदाधिकारी, सल्लाहकारसहित करिब १०० भन्दाबढी सदस्यहरुले आआफ्ना भनाई राखेका थिए ।
तपाइँको प्रतिक्रीया