२०८२ असार १२ बिहीबार

राशिफल

नुहाउने क्रममा बेपत्ता भएका युवकको शव फेला

काठमाडौँ – सल्यानमा नुहाउने क्रममा बेपत्ता भएका एक युवकको शव फेला परेको छ । शुक्रबार बिहानदेखि हराइरहेका ती युवकको शव आज बिहान फेला परेको प्रहरीले जनाएको छ ।

कालीमाटी गाउँपालिका वडा नम्बर ७ बाटुलेका ३५ वर्षीय श्याम विकको शव घटनास्थल भन्दा दुई किलोमिटर दक्षिणमा फेला परेको हो ।

ती युवा सल्यान र बर्दियाको सिमाना रहेको बाटुले भन्ने ठाउँमा बबई नदीमा नुहाउन गएका थिए । उनले मादक पदार्थ सेवन गरेको र नदी ठूलै भएकोले उनी बगेको प्रहरीले जनाएको छ ।