२०८२ असार १२ बिहीबार

राशिफल

काठमाडौँबाट ११ जना जुवाडे पक्राउ

काठमाडौँ – काठमाडौँको गोकर्णेश्वर नगरपालिकाबाट ११ जना जुवाडेलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीका अनुसार गोकर्णेश्वर नगरपालिका ५ नयाँबस्ती डेरा गरी बस्ने मकवानपुर घर भएका ३४ वर्षीय असल बलको कोठामा तास खेलिरहेको अवस्थामा बल लगायत ११ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

उनीहरुलाई २ लाख ८२ हजार ५ सय रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरी यस थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।