२०८२ असार १२ बिहीबार

राशिफल

आज बडा दशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा : आजदेखि दसैं समापन

Dashain

काठमाडौँ – आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमासँगै नेपालीको महान् चाड दसैं पर्व आजदेखि समापन हुँदैछ ।

आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दसैँ सकिन्छ ।

आजको दिन सायंकालमा महालक्ष्मीको पूजा आराधना गरी राति जाग्राम बसेको मानिसका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास छ ।

माता दुर्गाका तीनवटा रुपमध्येका एक रुप महालक्ष्मीको पूजा गरेर आज दुर्गा पक्षलाई बिदा गरिन्छ ।